PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

नेपाली टोली यूएईसँग पराजित, फेरि अधुरै रह्यो विश्वकप पुग्ने सपना



पहिलोपोस्ट

नेपाली टोली यूएईसँग पराजित, फेरि अधुरै रह्यो विश्वकप पुग्ने सपना

काठमाडौं: नेपाली महिला क्रिकेट टोली यूएईसँग पराजित भएको छ। आईसीसी महिला टी-२० विश्वकपको एसिया क्षेत्रको छनोटको आफ्नो पाँचौं खेलमा नेपाली टोली यूएईसँग ४८ रनले पराजित भएको हो। योसँगै युएई ग्लोबल क्वालिफायर्सका लागि छनोट भएको छ भने नेपालको विश्पकप पुग्ने सपना फेरि अधुरै रहेको छ।

दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको यूएईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १२७ रन बनाएको थियो। जसका लागि छमनी सेनेभिरत्नले अर्धशतकीय पारी खेल्दै ५२ रन जोडिन् भने थीर्था सतिशले ४७ रन र कविसा इगोडागेले २२ रन जोडिन्।

बलिङतर्फ नेपालकी कविता कुँवरले २ विकेट लिँदा सबनम राई, सीता राना मगर र संगीता राईले समान १/१ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको नेपालको ब्याटरहरु चल्न सकेनन्। नेपालका लागि इन्दु वर्माले सर्वाधिक १५ रन बनाउँदा सीता राना मगरले १३ रन बनाइन्। त्यसबाहेकका ब्याटरहरुले दोहोरो अंकको रन जोड्न सकेनन्। र, नेपाल ७९ रनमा समेटियो।

छनोटका लागि नेपाल, युएई, मलेसिया, हङकङ, भुटान र कुवेत प्रतिस्पर्धामा थिए। जसमध्ये पाँच खेलमा शतप्रतिशत जित निकाल्दै युएईले ग्लोबल क्वालिफायर्समा स्थान सुरक्षित गरेको छ। नेपालले यसअघिका खेलमा हङकङसँग पराजय ब्यहोरेको थियो भने भुटान, कुवेत र मलेशियामाथि जित निकालेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell