PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

८९१८ जनाको कोभिड १९ परीक्षण गर्दा १५८ जनामा देखियो संक्रमण



पहिलोपोस्ट

८९१८ जनाको कोभिड १९ परीक्षण गर्दा १५८ जनामा देखियो संक्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा ८ हजार ९१८ जनाको कोभिड १९ परीक्षण गर्दा १५८ जनामा संक्रमण देखिएको छ। यस्तै, ३४२ जना संक्रमण मुक्त भएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशधभर ६ हजार ९६६ जना सक्रिय संक्रमित रहेका छन्।

संक्रमणका कारण थप दुईजनाको मृत्यु हुँदा कूल मृतकको संख्या ११ हजार ५२३ पुगेको छ।

पछिल्लो २४ घण्टामा १ लाख २७ हजार ६११ जनाले कोभिड १९ विरुद्ध खोप लगाएको मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell