PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

'तेस्रो एपिक नेपाल म्युजीक अवार्ड' क-कसले हात पारे ?



पहिलोपोस्ट

'तेस्रो एपिक नेपाल म्युजीक अवार्ड' क-कसले हात पारे ?

काठमाडौं: 'तेस्रो एपिक नेपाल म्युजिक अवार्ड' सम्पन्न भएको छ। नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पुर्‍याएका कलाकार तथा प्राविधिकहरुलाई दिइने यो अवार्ड समारोह शनिबार सम्पन्न भएको हो।

भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको सहकार्य रहेको यसवर्षको संस्करणमा ३२ विधा सहित विभिन्न ४० वटा सम्मान प्रदान गरिएको थियो।

समारोहमा हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई १ लाख १ हजार रुपैंयासहित लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो।

विजेताहरुको सूचि यसप्रकार छ:

उत्कृष्ट लोकदोहोरी गायक : खेम सेन्चुरी– झ्यालमा पर्दा छ

उत्कृष्ट लोकदोहोरी गायिका : टिका पुन – भाग्यमै छौ

उत्कृष्ट लोकदोहोरी शब्द : नेत्र अर्याल– झ्यालमा पर्दा छ

उत्कृष्ट लोकदोहोरी लय : श्रीकृष्ण बम मल्ल – डाँडा घरे साइली

उत्कृष्ट लोकदोहोरी मोडल (पुरुष) : बिपेश घिमिरे – माइली

उत्कृष्ट लोकदोहोरी मोडल (महिला) : सारिका के.सी – लाहुर

उत्कृष्ट लोकदोहोरी नव मोडल (पुरुष) : सुरज श्रेष्ठ – ओई गन गन–२

उत्कृष्ट लोकदोहोरी नव मोडल (महिला) : चौका दाउ

उत्कृष्ट लोकदोहोरी नव गायक : अलिफखान – झुम्के बुलाकी

उत्कृष्ट लोकदोहोरी नव गायिका : सोनिया डि.सी – नसालु माया

उत्कृष्ट लोकदोहोरी भिडियो नृत्य निर्देशक : काजिस श्रेष्ठ – सुर्ति माड्दै माड्दै

उत्कृष्ट लोकदोहोरी भिडियो निर्देशक : रविन शाह – बाँचे कमाउला

उत्कृष्ट आधुनिक गायक : प्रोम सेन्चुरी – जीवन यहाँ यस्तै छ

उत्कृष्ट आधुनिक गायिका : मेलिना राई – कहाँ होला मेरो मायालु

उत्कृष्ट आधुनिक गीतकार : भोजराज पाण्डे – आँधि हुरी

उत्कृष्ट आधुनिक संगीतकार : केसब सापकोटा – तिम्लाई माया गर्ने मुटु

उत्कृष्ट आधुनिक मोडल (पुरुष) : पल शाह – फुलबुट्टे सारी

उत्कृष्ट आधुनिक मोडल (महिला) : शिल्पा पोखरेल – ए जिन्दगी

उत्कृष्ट आधुनिक नव मोडल (पुरुष) : बिजय पुन – पथ्थरको मुटु

उत्कृष्ट आधुनिक नव मोडल (महिला) : प्राचि लामा– तिमि यति राम्री किन

उत्कृष्ट आधुनिक नव गायक : देबेन्द्र बब्लु – मायालु

उत्कृष्ट आधुनिक नव गायिका : एलिना चौहान – धोकेवाज

उत्कृष्ट आधुनिक भिडियो निर्देशक : बिक्रम चौहान  (भुपु माया –४)

उत्कृष्ट नव निर्देशक : साहिल खान – एक्लै हुँदा प्रदेशमा

उत्कृष्ट संगीत संयोजन : बिश्वास नेपाल – झल्को आम्च का

उत्कृष्ट भिडियो सम्पादक : मिन रावल – चोट

उत्कृष्ट भिडियो छायांकार : नवराज उप्रेती – फुटेका चुरा

उत्कृष्ट काँठे भाका गायक : रामशरण आले मगर – घैया मकै

उत्कृष्ट काँठे भाका गायिका : शारदा रसाईली – खेतको आलि

उत्कृष्ट देउडा गायक : ध्वज महरा – धनगडी बजार

उत्कृष्ट देउडा गायिका : रेखा जोशी – नबड्याकी ठ्याउकी

उत्कृष्ट नेपाल भाषा गायक : हरि सुन्दर श्रेष्ठ – भगवान खामबा

उत्कृष्ट नेपाल भाषा गायिका : कल्पना श्रेष्ठ – छँगुःला स्वःगचु मिखा

उत्कृष्ट आधुनिक पपुलर मोडल : दुर्गेश थापा – तिमी यति राम्री किन?

लोक दोहोरी गायिका जुरि : सरिता डाँगी – मेरो हजुर

भिडियो छायाङ्कार (इन्करेजमेन्ट) : नमराज घिमिरे– लाइदेउ माया

नृत्य निर्देशक (जुरी) : प्रबिनथापा – मदानिमा नेति



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell