PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

रिसोर्टको बन्द कोठामा तयार भयो ३०१ जना केन्द्रीय कमिटीमा रहनेको नामावली, नेताहरुले बुझाए ओलीलाई सूची



पहिलोपोस्ट

रिसोर्टको बन्द कोठामा तयार भयो ३०१ जना केन्द्रीय कमिटीमा रहनेको नामावली, नेताहरुले बुझाए ओलीलाई सूची

चितवन : नेपाल कम्युनिष्ट पार्टी एमालेको १० औं महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु हुन सकेको छैन। नेता व्यवस्थापनको किचलोका कारण आज बिहान १० बजेका लागि डाकिएको बैठक अहिलेसम्म सुरु हुन नसकेको हो।

पदाधिकारीमा धेरै नेताहरु आकांक्षी बनेपछि नेताहरु हिजोदेखि छलफलमा छन्। आज पनि नेताहरु बिहानैदेखि छलफलमा जुट्दा बन्दसत्र सुरु हुन सकेको छैन।

यता, पार्क सफारी रिसोर्टमा एमाले अध्यक्ष ओलीले सर्वसम्मतिको प्रयास गरिरहेका छन्। ओली आफू निकट नेताहरुसँग हाल छलफलमा छन्।

यसबिच विष्णु पौडेल, शंकर पोखरेल र पृथ्वीसुब्बा गुरुङको समूहले ओलीलाई ३०१ केन्द्रीय कमिटीको नामावली बुझाइएको छ।

हिजो भएको बन्दसत्रमा ओलीलाई नामावली प्रस्ताव गर्ने अधिकार दिएको थियो। तर, भीम रावल र घनश्याम भुसालले उक्त अधिकार दिने व्यवस्थाको विरोध गरेका थिए।

रिसोर्टकै एक कोठामा बसेर नेताहरुले केन्द्रीय कमिटीमा रहने ३०१ जनाको नामावली तयार गरेको थियो। ओलीले उक्त प्रस्ताव बन्दसत्रमा पेश गर्ने बताइएको छ।

पदाधिकारीको विषयमा भने अझै केही टुंगो लागिसकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell