PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

ओलीलाई भेटेर फर्किएपछि गोकुल बास्कोटाले भने : त्याग नगरी सहमति हुँदैन



पहिलोपोस्ट

ओलीलाई भेटेर फर्किएपछि गोकुल बास्कोटाले भने : त्याग नगरी सहमति हुँदैन

चितवन : नेपाल कम्युनिष्ट पार्टी एमालेको १० औं महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु हुन सकेको छैन। नेता व्यवस्थापनको किचलोका कारण आज बिहान १० बजेका लागि डाकिएको बैठक अहिलेसम्म सुरु हुन नसकेको हो।

सफारी रिसोर्टमा एमाले अध्यक्ष ओलीले सर्वसम्मतिको प्रयास गरिरहेका छन्। ओली आफू निकट नेताहरुसँग हाल छलफलमा छन्। विष्णु पौडेल, शंकर पोखरेल र पृथ्वीसुब्बा गुरुङको समूहले उनलाई केन्द्रिय कमिटीमा रहने सदस्यहरुको नामावली समेत दिइसकेका छन्।

यसबिच सचिवमा आकांक्षी रहेका गोकुल बास्कोटा पनि सफारी रिसोर्ट पुगेका छन्। ओलीसँग छोटो भेटपछि उनी रिसोर्टबाट फर्किएका छन्।

ओलीसँग भेटर फर्किँदै गर्दा उनले संचारकर्मीहरुसँगको कुराकानीमा साँझ ७ बजेसम्म एमालेको बन्दसत्र सुरु हुने दाबी गरे।

'छलफल भइरहेको छ। साँझ ७ बजे सुरु हुन्छ' उनले भने।

सचिवको दाबेदारी पेश गरिरहेका बास्कोटाले त्याग गरेर भएपनि सहमति हुनपर्ने बताएका छन्।

सहमतिको लागि सचिव पद त्याग गर्नुहुन्छ त भन्ने प्रश्नमा उनले भने, 'मेरो दाबेदारी कायम छ। तर सहमति भए मिलाउन तयार छु। त्याग नगरी सहमति हुँदैन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell