PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

टर्कीका राजदूतद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट, अर्को वर्ष नेपालमा आवासीय दूतावास खोल्ने



पहिलोपोस्ट

टर्कीका राजदूतद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट, अर्को वर्ष नेपालमा आवासीय दूतावास खोल्ने
Photo : MOFA

काठमाडौं : नेपालका लागि टर्कीका गैरआवासीय राजदूत फिरात सुनेलले परराष्ट्र मन्त्री डाक्टर नारायण खड्कासँग शिष्टाचार भेट गरेका छन्। भेटका क्रममा नेपालमा टर्कीको दूतावास खोल्ने विषयमा दुई देश सहमतिमा पुगेको छ। 

अर्को वर्ष नेपाल र टर्कीबिच कुटनीतिक सम्बन्ध स्थापनाको ६० वर्ष पुग्दैछ। सो अवसरमा टर्कीले नेपालमा आवासीय दूतावास खोल्ने निर्णय गरेको छ। भेटका क्रममा राजदूत सुनेलले यस विषयमा परराष्ट्रमन्त्री खड्कालाई जानकारी गराएका थिए।

यसअघि राजदूत सुनेलले शुक्रवार प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि शिष्टाचार भेट गरेका थिए। भेटका क्रममा अंकारामा पनि नेपाली दूतावास खोल्ने विषयमा कुरा भएको राजदूत सुनेलले जानकारी दिएका छन्। 

भारतका लागि टर्कीका आवासीय राजदूत सुनेल नेपालका लागि गैरआवासीय राजदूत हुन्। नेपालमा उनी आफ्नो ओहोदाको प्रमाण पत्र राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गर्न आएका हुन्। 

यसबिच उनले नेपालका विभिन्न सांस्कृतिक सम्पदाको भ्रमण गरेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell