PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

बुटवल उपमहानगरको निर्माणाधीन भवन विद्युत जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु, दुई घाइते



पहिलोपोस्ट

बुटवल उपमहानगरको निर्माणाधीन भवन विद्युत जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु, दुई घाइते

बुटवल : रुपन्देहीको बुटवल उपमहानगरपालिकाको निर्माणाधीन भवन नजिकै करेन्ट लागेर विद्युत प्राधिकरणका एकजना कर्मचारीको मृत्यु भएको छ। करेन्ट लागेर अन्य दुई मजदुर घाइते भएका छन्। 

आइतबार दिउसो उपमहानगरको निर्माणाधीन भवनमा थ्री फेज लाइन जडान गर्ने क्रममा विद्युत प्राधिकरण कार्यालय बुटवलमा कार्यरत कर्मचारी ४३ वर्षीय बसन्त भुसालको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले जानकारी दिए।

घाइते हुनेहरुमा सोही निर्माणाधीन भवनमा दैनिक ज्यालादारीमा काम गर्ने रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका २८ वर्षीय जितेन्द्र लोध र बर्दिया राजापुर नगरपालिका-१६ का २८ वर्षीय राजगोपाल चौधरी रहेको डीएसपी केसीले जानकारी दिए। 

करेन्ट लागेर गम्भीर घाइते भएका भुसालको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। अन्य २ जना घाइतेको अवस्था भने सामान्य रहेको र उनीहरुको उपचार प्रादेशिक अस्पतालमै उपचार भइरहेको उनले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell