PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

एनआरएनएको निर्वाचन प्रक्रिया रोक्ने परराष्ट्रको निर्देशन तत्काल कार्यान्वयन नगर्न उच्च अदालतको आदेश



पहिलोपोस्ट

एनआरएनएको निर्वाचन प्रक्रिया रोक्ने परराष्ट्रको निर्देशन तत्काल कार्यान्वयन नगर्न उच्च अदालतको आदेश

काठमाडौँः उच्च अदालत पाटनले गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन प्रक्रियाबारे परराष्ट्र मन्त्रालयले दिएको निर्देशन तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। मुख्य न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले मंसिर १९ गतेसम्म उक्त निर्देशन कार्यान्वयन नगर्न आदेश जारी गरेको हो। इजलासले विपक्षी परराष्ट्र मन्त्रालय र एनआरएनएलाई मंसिर १९ मा छलफलका लागि समेत बोलाएको छ। 

मंसिर १९ मा दुबै पक्षको छलफलपछि उक्त आदेशले निरन्तरता पाउने वा नपाउनेमा आदेश हुनेछ। हालको अन्तरिम आदेशले निरन्तरता पाए परराष्ट्रको निर्देशन कार्यान्वयनमा रोक लाग्नेछ। आदेश खारेज भएमा निर्देशन कार्यान्वयनको बाटो खुल्नेछ। 

परराष्ट्रले असोज ११ र कात्तिक १७ गते दुई पटक निर्वाचन प्रक्रिया रोक लगाउने गरी निर्देशन दिएको थियो। एनआरएनएले उक्त निर्देशन हस्तक्षेप भएको भन्दै अदालतमा रिट दायर गरेको हो। मंसिर ९ गते रिट दायर भएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell