PahiloPost

Apr 26, 2025 | १३ बैशाख २०८२

पदाधिकारीमा सहमति नहुँदा सुरु भएन बन्दसत्र, फेरि ८ बजेसम्मका लागि सारियो



प्रकाश भण्डारी

पदाधिकारीमा सहमति नहुँदा सुरु भएन बन्दसत्र, फेरि ८ बजेसम्मका लागि सारियो

चितवनः पदाधिकारी चयनमा सहमति हुन नसक्दा नेकपा (एमाले) को महाधिवेशनको बन्दसत्र अझै अनिश्चित बनेको छ। साँझ ७ बजेदेखि बन्दसत्र सुरु गर्ने भनिए पनि पुनः ८ बजेसम्मका लागि सारिएको छ। नेता शेरबहादुर तामाङले बन्दसत्रको कार्यक्रम ८ बजेसम्मका लागि सारिएको जानकारी दिए। 

केन्द्रीय सदस्यहरुको सूची नेताहरुले तय गरे पनि पदाधिकारीमा सहमति नभएको जनाइएको छ। वरिष्ठ उपाध्यक्ष तथा महासचिव लगायतका पदमा विवाद जारी हुँदा बन्दसत्र ढिलाइ भएको हो।

आइतबार बिहानदेखि नै प्रतिनिधिहरु बन्दसत्रको पर्खाइमा छन्। अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु भने निरन्तर होटेलमा छलफलमा छन्। 

वरिष्ठ उपाध्यक्षमा महासचिव ईश्वर पोखरेल र नेता सुवास नेम्वाङले दाबी गरिरहेका छन्। दुबै अध्यक्ष ओली निकट नेता हुन्। आफ्नै समूहका नेता व्यवस्थापनमा ओलीलाई सकस भएपछि महाधिवेशनको बन्दसत्र ढिलाइ भएको हो। बन्दसत्र शनिबार सुरु भएको थियो। 

सहमति नभए निर्वाचन प्रक्रियामा जानुपर्ने हुँदा महाधिवेशन लम्बिने भने करिब निश्चित भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell