PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

पुलिसको पहिलो जित, जावलाखेलको लगातार दोस्रो हार

पुलिसको पहिलो जित, जावलाखेलको लगातार दोस्रो हार

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज सम्पन्न खेलमा नेपाल पुलि क्लबले जावलाखेल युथ क्लबमाथि जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा पुलिसले जावलाखेलमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा पुलिसले निर्णायक गोल गर्‍यो। जसका लागि सुमन लामाले ७० औं मिनेटमा गोल गरे। सब्स्टिच्युट खेलाडीका रुपमा ५१ औं मिनेटमा मैदान प्रवेश गरेका लामाले रवि पासवानको पासमा गोल गरेका हुन्।

अघिल्लो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबसँग बराबरी खेलेको पुलिसले जावलाखेललाई हराउँदै लिगमा आफ्नो पहिलो जित दर्ता गरेको हो। अर्कोतर्फ पहिलो खेलमा मनाङ मर्स्याङदी क्लबसँग पराजय ब्यहोरेको जावलाखेलको यो लगातार दोस्रो हार हो।



ट्रेन्डिङ पोस्ट

Ncell