PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

पीएसजीको पुनरागमन जित, रामोसको डेब्यु



पहिलोपोस्ट

पीएसजीको पुनरागमन जित, रामोसको डेब्यु
Photo: Reuters

फ्रेन्च लिग वान अन्तर्गत आज सम्पन्न खेलमा पेरिस सेन्ट जर्मेन पीएसजीले सेन्टइटिएनमाथि पुनरागमन जित निकालेको छ। जोफ्रोए गुइचार्ड स्टेडियममा सम्पन्न खेलमा पीएसजीले घरेलु टोलीमाथि ३-१ गोल अन्तरले जित निकालेको हो। रियल मड्रिडका पूर्वकप्तान तथा डिफेन्डर सर्जियो रामोसले यो खेलबाट पीएसजीको जर्सीमा मैदान उत्रिएका थिए।

खेलको २३ औं मिनेटमा घरेलु टोलीलाई डेनिस बोउअन्गाले गोल गर्दै अग्रता दिलाएका थिए। यद्यपि पहिलो हाफको इन्ज्युरी समयमा लियोनल मेस्सीको पासमा गोल गर्दै मार्क्विन्होसले पीएसजीलाई बराबरीमा ल्याए। त्यसअघि ४५ औं मिनेटमा घरेलु टोलीका टिमोथी कोलोडजिएजजाकले पीएसजीका किलियन एम्बाप्पेलाई फउल गरेपछि रेडकार्ड खाँदै बाहिरिएका थिए।

त्यस्तै दोस्रो हाफमा एन्जेल डी मारियाले पीएसजीलाई अग्रता दिलाए। उनले खेलको ७९ औं मिनेटमा मेस्सीको पासमा गोल गरेका थिए भने मेस्सीकै पासमा इन्ज्युरी समयमा मार्क्विन्होसले नै गोल गरे। र, पीएसजीले ३-१ गोलअन्तरले खेलमा जित निकाल्यो।

जितसँगै पीएसजी १५ खेलबाट ४० अंकजोडेर तालिकाको शीर्षस्थानमा छ। दोस्रो र तेस्रो स्थानमा रहेका नाइस र रेनेसले समान २६ अंक जोडेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell