PahiloPost

Sep 19, 2026 | ३ असोज २०८३

वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष खाली राखेर तयार भयो पदाधिकारी सूची, केहीबेरमा बन्दसत्रमा पेस गरिने



प्रकाश भण्डारी

वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष खाली राखेर तयार भयो पदाधिकारी सूची, केहीबेरमा बन्दसत्रमा पेस गरिने

चितवनः अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले पदाधिकारीको नाम टुंगो लगाएपछि नेकपा (एमाले) को महाधिवेशनको बन्दसत्र केही बेरमा सुरु हुने भएको छ। अध्यक्षमा ओलीकै नाम राखिएको छ। भने, वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षको स्थान खाली राखिएको एमाले स्रोतको दाबी छ। 
केन्द्रीय सदस्यमा पनि क्लष्टरका केही स्थान रिक्त नै राखिएको छ। 

उपमहासचिव विष्णु पौडेलले नेताहरुसँगको छलफल अनुसार तयार पारिएको सूची प्रिन्ट गरे पनि सार्वजनिक गरिएको छैन। 

ओलीसँग छलफल गरेर नेताहरु बन्दसत्रस्थल होटेल सेभेन स्टारमा लागिसकेका छन्। अध्यक्ष ओली होटेल सफारीमा नै छन्। 

ओलीसँगको छलफलपछि बाहिरिएका नेता प्रदीप ज्ञवालीले तय भएको नामावलीलाई अध्यक्ष मण्डलले टुंग्याउने बताए। उनले सबै पदाधिकारीको नाम टुंगिएको भने स्पष्ट पारेनन्। 

पदाधिकारीको नाममा सहमति नहुँदा बिहानदेखि बन्दसत्र सुरु हुन सकेको छैन। राति ८ बजे सुरु गर्ने भनिए पनि अहिले पनि सुरु भएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell