PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

होटल सफारीबाट बन्दसत्र स्थलतर्फ लागे ओली



पहिलोपोस्ट

होटल सफारीबाट बन्दसत्र स्थलतर्फ लागे ओली

चितवनः रातिसम्म पनि पदाधिकारी विवादमा पूर्ण सहमति हुन नसकेपछि एमाले अध्यक्ष केपी शर्मा ओली अहिले होटलबाट बाहिरिएका छन्। 
होटल सफारीबाट ओली अहिले बन्दसत्र हुने होटल सेभेन स्टारतर्फ हिँडेका छन्। आइतबार बिहानैदेखि ओली छलफलमा थिए। 

अध्यक्षमा आफ्नो नाम सिफारिस गरेर अन्य पदाधिकारी सूची खाली नै राखेर ओली बन्दसत्रमा हिँडेका हुन्। बन्दसत्रमा ओलीले पदाधिकारी र केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्नेछन्। 

ओलीको प्रस्तावमा सहमति नभए सोमबार निर्वाचन प्रक्रिया प्रारम्भ हुनेछ। ओली बन्दसत्र स्थलतर्फ लागिरहँदा कार्यकर्ताले उनको समर्थनमा नारा समेत लगाएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell