PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

भीम रावलविरुद्ध बन्दसत्र स्थलबाहिर नाराबाजीः ‘ओलीसँगको जोरी, यही हो तिम्रो कमजोरी’



पहिलोपोस्ट

भीम रावलविरुद्ध बन्दसत्र स्थलबाहिर नाराबाजीः ‘ओलीसँगको जोरी, यही हो तिम्रो कमजोरी’

चितवनः दिनभरको पर्खाइपछि नेकपा (एमाले) को महाधिवेशनको बन्दसत्र केहीबेरमा सुरु हुँदैछ। दिनभर होटल सफारीमा पदाधिकारी चयनबारे छलफलमा बसेका अध्यक्ष केपी शर्मा ओली पनि होटल सेभेन स्टारतर्फ लागेका छन्। 

बन्दसत्र स्थलतर्फ ओली लाग्दा उनका समर्थकले नाराबाजी गरेका छन्। ओली निकटका युवाहरुले ओलीको समर्थन र भीम रावलको विरोधमा नारबाजी गरेका हुन्। रावलले अध्यक्षमा उम्मेदवार दिने अडान कायम राखिरहँदा ओली समर्थकले आलोचना गरेका हुन्। 

उनीहरुले ‘आज हैन भोलिलाई १० वर्ष ओलीलाई’, केपी ओली जिन्दावाद लगायतका नारा लगाएका छन्। 

यस्तै, रावलविरुद्ध पनि नारा लगाएका छन्। पार्टी फुटाउने मतियार होसियार भन्दै ओली समर्थकले नारा लगाएका हुन्। 

उनीहरुले ओलीसँगको जोरी, यही हो तिम्रो कमजोरी लगायतका नारा रावलविरुद्ध लगाए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell