PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

बन्द कोठामा तयार भएको ३०१ केन्द्रीय कमिटीको सूची बन्दसत्रमा पारित



प्रकाश भण्डारी

बन्द कोठामा तयार भएको ३०१ केन्द्रीय कमिटीको सूची बन्दसत्रमा पारित

चितवनः नेकपा (एमाले) को महाधिवेशनको बन्दसत्रले अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको केन्द्रीय सदस्यको नामावली स्वीकृत गरेको छ। तर, स्वीकृत नामावली सार्वजनिक भएको छैन। 

आइतबार दिउँसो होटल सफारीमा ओली र निकट नेताहरुले तयार पारेको सूची अध्यक्ष मण्डलसँगको छलफलपछि ओलीले बन्दसत्रमा पेस गरेका थिए। होटल सफारीको बन्द कोठामा तयार नामावलीलाई नै हलले अनुमोदन गरेको हो। बन्दसत्रले ओलीलाई नामावलीलाई ध्वनि मतले स्वीकार गर्दै पारित गरेको हो। 

मध्यरातमा सुरु भएको बन्दसत्रमा ओलीले नामावली पेस गरेका थियो। कूल ३०१ जना केन्द्रीय सदस्यको नाम ओलीले पेस गरेका थिए। 
केन्द्रीय कमिटीमा नपरेका नेताहरुलाई अन्य कमिटीमा समेटिने ओलीले बताएका छन्। 

ओलीले पदाधिकारी, स्थायी कमिटी र पोलिटब्यूरोको नाम पनि आज नै पेस गर्दैछन्। 

अध्यक्षमा भीम रावलले उम्मेदवारी निश्चित गरिसकेका छन्। मध्यरातमा निर्वाचन प्रक्रिया स्थगित हुनुअघि रावलले मनोनयन फाराम भरिसकेका छन्। तर, निर्वाचन आयोगले सोमबार बिहान ८ बजेसम्मका लागि निर्वाचन प्रक्रिया स्थगित गरिसकेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell