PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

ओलीले पेस गरे अनुशासन र लेखा आयोग गठनको प्रस्ताव



पहिलोपोस्ट

ओलीले पेस गरे अनुशासन र लेखा आयोग गठनको प्रस्ताव

चितवनः नेकपा (एमाले) को महाधिवेशनको जारी बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले अनुशासन आयोग गठनको प्रस्ताव पेस गरेका छन्। साथै लेखा आयोग गठनको प्रस्ताव पनि ओलीले पेस गरेका छन्। केशव बडालको संयोजकत्वमा अनुशासन आयोग गठनको प्रस्ताव भएको हो। 

मध्यरातमा सुरु भएको बन्दसत्रमा केन्द्रीय कमिटीको नामावलीलाई हलले अनुमोदन दिइसकेको छ। आजै ओलीले पदाधिकारीको नामावली पनि पेस गर्नेछन्। स्थायी समिति गठनको नामावली पनि ओलीले पेस गर्नेछन्। 

तर, पदाधिकारीका केही पदमा भने सर्वसम्मत नहुने निश्चित भइसकेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell