PahiloPost

May 25, 2026 | ११ जेठ २०८३

मेरो नाम खै ? : मध्यरातमा मोबाइलको लाइट बाल्दै, मतदाता नामावलीमा नाम खोज्दै महाधिवेशन प्रतिनिधि

मेरो नाम खै ? : मध्यरातमा मोबाइलको लाइट बाल्दै, मतदाता नामावलीमा नाम खोज्दै महाधिवेशन प्रतिनिधि

नेत्र तामाङ/पहिलोपोस्ट


सौराह : नेकपा एमालेको १० औं महाधिवेशनको बन्दसत्र अहिले सौराहमा भइरहेको छ। बिहानै बोलाइएको बैठक नेता व्यवस्थापनमा अध्यक्ष केपी शर्मा ओलीलाई सकस हुँदा मध्यरातमा सुरु भएको हो।

ओलीले ३०१ केन्द्रीय कमिटीमा रहने सदस्यको नाम बन्दसत्रमा पेश गरिसकेका छन। अध्यक्ष पदमा निर्वाचन हुनुपर्ने बताउँदै आएका उपाध्यक्ष भीम रावलले ओलीले गरेको सबै प्रक्रियामा असहमति जनाएका छन्। नेताहरुबिच सहमति हुन नसक्दा नेतृत्व चयनका लागि निर्वाचन हुने करिब पक्का भएको छ।

त्यसैले पनि मध्यरातमा एमाले महाधिवेशन प्रतिनिधिहरु मतदाता नामावलीमा आफ्नो नाम खोज्न व्यस्त छन्। बन्दसत्र स्थलमा मोबाइलको लाइट बालेर प्रतिनिधिहरु आफ्नो खोजिरहेको देख्न सकिन्छ।

 



ट्रेन्डिङ पोस्ट

Ncell