PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

मध्यरातमा मनोनयन फाराम खोज्दै एमाले प्रतिनिधि



पहिलोपोस्ट

मध्यरातमा मनोनयन फाराम खोज्दै एमाले प्रतिनिधि

सौराह : नेकपा एमालेको १० औं महाधिवेशनको बन्दसत्र अहिले सौराहमा भइरहेको छ। बिहानै बोलाइएको बैठक नेता व्यवस्थापनमा अध्यक्ष केपी शर्मा ओलीलाई सकस हुँदा मध्यरातमा सुरु भएको हो।

बन्दसत्रमा ओलीले ३०१ केन्द्रीय कमिटीमा रहने सदस्यको नाम पेश गरिसकेका छन। बन्दसत्रमा सहभागीहरुले सूचीलाई अनुमोदन पनि गरेका छन्। ओलीले सूची पेश गर्दै चित्त नबुझे मनोनयन दर्ता गर्न सकिने बताएका छन्। तर ओलीले सोमवारबाट हाल बन्दसत्र चलिरहेको होटलमा ठाउँ नहुने भन्दै प्रतिनिधिहरुलाई सचेत समेत गराएका छन्।

ओलीले मनोनित गरेपनि सूचीमा नाम रहेकाहरुले औपचारिकताका लागि भएपनि मनोनयन दरखास्त फारम भर्नुपर्ने हुन्छ। त्यसैले ओलीले प्रस्तुत गरेको सूचीमा रहेका केन्द्रीय कमिटीका सदस्यहरुले मध्यरातमा औपचारिकताका लागि मनोनयन दरखास्त फारम खोज्दै हिँडेका थिए।

आइतवार राति नै मनोनयन प्रक्रिया सकाउने भनिएपनि पछि कार्यतालिका हेरफेर गरिएको थियो। अब सोमबार बिहान ८ बजेदेखि मात्रै मनोनयन प्रक्रिया सुरु हुने बताइएको छ। जसकारण निर्वाचन कार्यालय बन्द भइसकेको छ। मनोनित प्रतिनिधिहरु फारम खोज्दै हिँडेपनि कार्यालय बन्द भइसकेकोले अब उनीहरुले सोमवारसम्म कुर्नु पर्ने भएको छ।

यस्तै, केन्द्रीय कमिटीमा नपरेकाहरुले निर्वाचनमा लड्ने समेत बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell