PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

अध्यक्षमा ओलीः वरिष्ठ उपाध्यक्ष र महासचिवमा पोखरेलद्वको प्रस्ताव, रावल र भुसालको नाम पदाधिकारीमा छुट्यो



प्रकाश भण्डारी

अध्यक्षमा ओलीः वरिष्ठ उपाध्यक्ष र महासचिवमा पोखरेलद्वको प्रस्ताव, रावल र भुसालको नाम पदाधिकारीमा छुट्यो

चितवनः नेकपा (एमाले) को महाधिवेशनको जारी बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीको नाम प्रस्ताव गरेका छन्। तर, पदाधिकारीमा सर्वसम्मत हुन सम्भावना भने निकै कम छ। अध्यक्ष ओलीले आफैँलाई भाबी अध्यक्षमा प्रस्ताव गरेका छन्। 

ओलीले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलको नाम प्रस्ताव गरेका छन्। यस्तै, ओलीले वर्तमान उपमहासचिव विष्णु पौडेललाई उपाध्यक्षको प्रस्ताव गरेका छन्। यस्तै युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा र  सुवास नेम्वाङलाई पनि उपाध्यक्षमा प्रस्ताव गरिएको छ। 

उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसब्बा गुरूङ, विष्णु रिमाल प्रस्तावित छन्।

सचिवमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्यालको नाम ओलीले प्रस्ताव गरेका छन्। 

यी सबै पदाधिकारीलाई भोलि निर्वाचन कार्यक्रम अनुसार मनोयनपत्र दर्ता गर्न पनि ओलीले निर्देशन दिएका छन्। 

अध्यक्षमा भने वर्तमान उपाध्यक्ष भीम रावलको मनोनयन निश्चित छ। अन्य पदको हकमा अहिलेसम्म अन्यले दाबी गरेका छैनन्। ओलीको प्रस्तावमा वर्तमान उपमहासचिव घनश्याम भुुसालको नाम पनि समावेश छैन।

ओलीले यसअघि बन्दसत्रमा ३०१ जना केन्द्रीय सदस्यको नाम सर्वसम्मतिका लागि पेस गरेका थिए। जलिाई अनुमोदन समेत गरिसकेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell