PahiloPost

Sep 14, 2026 | २९ भदौ २०८३

म्यानचेस्टर सिटीको संघर्षपूर्ण जित



पहिलोपोस्ट

म्यानचेस्टर सिटीको संघर्षपूर्ण जित
Photo : Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले वेस्टहममाथि जित निकालेको छ। इतिहाद स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली सिटीले वेस्टहममाथि २-१ गोलअन्तरले जित निकालेको हो।

हिमपातको बीच भएको खेलको ३३ औं मिनेटमा इल्के गुण्डोगनको गोलमा अग्रता बनाएको सिटी पहिलो हाफमा एक गोलले अघि रह्यो। दोस्रो हाफमा फर्मान्डिन्होले सिटीको अग्रता दोब्बर बनाए। उनले खेलको ९० औं मिनेटमा गुण्डोगनको पासमा गोल फर्काए। अर्कोतर्फ वेस्टहमका म्यानुअल लान्जिनीले इन्जुरी समयमा सान्त्वना गोल फर्काए।

जितसँगै सिटी १३ खेलबाट २९ अंक जोडेर तालिकाको शीर्षस्थानमा छ। गएराति नै सम्पन्न अर्को खेलमा म्यानचेस्टर युनाइटेडसँग १-१ को बराबरी खेलेको चेल्सी ३० अंक जोडेर तालिकाको शीर्षस्थानमा छ। त्यस्तै २३ अंक जोडेको वेस्टहम तालिकाको चौथो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell