PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

शीर्ष स्थानको चेल्सी म्यानचेस्टर युनाइटेडसँग बराबरीमा रोकियो



पहिलोपोस्ट

शीर्ष स्थानको चेल्सी म्यानचेस्टर युनाइटेडसँग बराबरीमा रोकियो
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा चेल्सी र म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएका छन्। स्टामफोर्ड ब्रिजमा सम्पन्न खेलमा घरेलु टोली चेल्सी युनाइटेडसँग १-१ को बराबरीमा रोकिएको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा युनाइटेडले खेलमा अग्रता बनायो। जसका लागि खेलको ५० औं मिनेटमा जोडन साञ्चोले गोल गरे। तर ६९ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै चेल्सीले बराबरी गर्‍यो। युनाइटेडका डिफेन्डर आरोन वान-विशाखाले चेल्सीका थिआगो शिल्भालाई फउल गरेपछि चेल्सीले पेनाल्टीको अवसर पाएको थियो। जसलाई सदुपयोग गर्दै जोर्गिन्होले गोल गरे। र, खेल १-१ को बराबरीमा रोकियो।

बराबरीका बावजुत चेल्सी शीर्षस्थानमा कायम छ। चेल्सीले १३ खेलमा ९ जित, ३ बराबरी र १ हार ब्यहोर्दै ३० अंक जोडेको छ। युनाइटेडले भने समान खेल खेलेर १८ अंक जोड्दै तालिकाको आठौं स्थानमा छ। त्यस्तै गएरातिकै खेलमा वेस्टहमलाई हराएको म्यानचेस्टर सिटी २९ अंक जोडेर दोस्रो स्थानमा छ भने २८ अंक जोडेको लिभरपुल तेस्रो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell