PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

ए डिभिजन लिगमा आज दुई खेल



पहिलोपोस्ट

ए डिभिजन लिगमा आज दुई खेल
फाइल फोटो

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब र न्युरोड टिम एनआरटी आमनेसामने हुँदैछन्। ब्रिगेड ब्वाइजले यसअघिको खेलमा विभागीय टोली एपीएफमाथि ३-२ गोलअन्तरले जित निकालेको थियो भने साविक विजेता मछिन्द्र क्लबलाई कडा चुनौती दिएको एनआरटी २-१ गोलअन्तरले पराजित भएको थियो।

ब्रिगेड बोइज र एनआरटीबीचको खेल दिउँसो १ बजे दशरथ रंगशालामा हुनेछ।

त्यस्तै आजै हुने दोस्रो खेलमा अघिल्लो सिजनमा शीर्ष दुईमा रहेका टोलीहरु मछिन्द्र क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ। उपाधिको दाबेदार टोलीका रुपमा हेरिएको दुबै टोली जितको खोजीमा हुनेछन्। मछिन्द्र क्लबले यसअघिको खेलमा एनआरटीलाई २-१ गोलअन्तरले हराएको थियो भने आर्मी नेपाल पुलिस क्लबसँग १-१ को बराबरीमा रोकिएको थियो।

आर्मी र मछिन्द्रबीचको खेल साँझ पौने ५ बजे दशरथ रंगशालामा सुरु हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell