PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

मोरङमा सभापतिको निर्वाचन दोस्रो चरणमा प्रवेश गर्यो, कसैले ५० प्रतिशत नघाएनन्



पहिलोपोस्ट

मोरङमा सभापतिको निर्वाचन दोस्रो चरणमा प्रवेश गर्यो, कसैले ५० प्रतिशत नघाएनन्

विराटनगर:  मोरङमा नेपाली काङ्ग्रेसको सभापति पदका लागि दोस्रो चरणको निर्वाचन हुने भएको छ।

सभापति पदमा कुनै उम्मेदवारले पनि ५० प्रतिशतभन्दा बढी मत पुर्‍याउन नसकेपछि दोस्रो चरणको निर्वाचन हुने भएको हो। नेपाली काङ्ग्रेसको विधानअनुसार जिल्ला सभापति चुनिन खसेको मतबाट ५० प्रतिशत नघाउनु पर्छ। आइतबार भएको निर्वाचनमा मोरङका ३ हजार ५ सय ४९ क्षेत्रीय प्रतिनिधिमध्ये जिल्ला समितिका लागि ३ हजार ४ सय १४ जनाले मतदान गरेका थिए।

जसमा डिगबहादुर लिम्बूले १ हजार ५ सय ४४, दिलीप गच्छदारले १ हजार १ सय ६६ र यदु विष्टले ५ सय ६३ मत प्राप्त गरेका छन्। मतगणनामा १ सय ४७ मत बदर भए। मोरङमा अन्य पदाधिकारी र सदस्यको पदको मतगणना हुन बाँकी छ।

अर्को चरणको मतदान कहिले गर्ने भन्ने विषयमा आजै निर्णय गरिने निर्वाचन समितिका रूपेश कोइरालाले बताए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell