PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

उपाध्यक्षमा उम्मेद्वारी दिँदै घनश्याम भुसाल, सार्वजनिक गरे यस्तो अपिल



पहिलोपोस्ट

उपाध्यक्षमा उम्मेद्वारी दिँदै घनश्याम  भुसाल, सार्वजनिक गरे यस्तो अपिल

काठमाडौं: एमाले उपमहाचिव घनश्याम भुसालले उपाध्यक्षको लागि उमेद्वारी दिने भएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले चितवनमा जारी महाधिवेशको बन्द सत्रमा पदाधिकारीको घोषणा गर्दा भुषालको नाम प्रस्ताव नगरेपछि उनले उपाध्यक्षमा उम्मेद्वारी दिएका हुन्। उनले महाधिवेसन प्रतिनिधिहरुलाई पाँचवटा मुख्यबुँदामा अपिल गरेका छन् जसमा संकट गहिरिँदै गएको, सिद्धान्तको अवमुल्यन, समस्यालगायतका विषयहरु छन्।

भुषालसँगै भीम रावलको नाम पनि अध्यक्ष ओलीले प्रस्ताव गरेको पदाधिकारीको सूचीमा छैन। रावल अध्यक्षका उम्मेद्वार हुन्।

अध्यक्ष ओलीले आफैँलाई भाबी अध्यक्षमा प्रस्ताव गरेका छन्।

ओलीले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलको नाम प्रस्ताव गरेका छन्। यस्तै, ओलीले वर्तमान उपमहासचिव विष्णु पौडेललाई उपाध्यक्षको प्रस्ताव गरेका छन्। यस्तै युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा र सुवास नेम्वाङलाई पनि उपाध्यक्षमा प्रस्ताव गरिएको छ।

उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसब्बा गुरूङ, विष्णु रिमाल प्रस्तावित छन्।

सचिवमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्यालको नाम ओलीले प्रस्ताव गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell