PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

अध्यक्षमा ओलीले पनि दर्ता गरे उम्मेद्वारी, प्रस्तावित सबै पदाधिकारीले दर्ता गरे मनोनयन



पहिलोपोस्ट

अध्यक्षमा ओलीले पनि दर्ता गरे उम्मेद्वारी, प्रस्तावित सबै पदाधिकारीले दर्ता गरे मनोनयन

चितवनः नेकपा (एमाले) को भावी अध्यक्षका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओलीले पनि उम्मेदवारी दर्ता गरेका छन्। सर्वसम्मत प्रस्ताव पारित हुन नसकेपछि निर्वाचन प्रक्रियामा ओली सामेल भएका हुन्। अध्यक्षमा भीम रावलले पनि उम्मेदवारी दर्ता गरिसकेका छन्।

ओलीको प्रस्तावकमा विष्णु पौडेल र समर्थकमा शंकर पोखरेल रहेका छन्। 

ओलीले आइतबार राति आफूहित १९ पदाधिकारीको नाम प्रस्ताव गरेका थिए। उक्त सूचीमा नअटाएका रावल, वर्तमान उपमहासचिव घनश्याम भुसाल र सचिव भीम आचार्यले पनि उम्मेद्वारी दिएका छन्। भुसालले उपाध्यक्षमा र आचार्यले सचिवमा उम्मेद्वारी दिएका हुन्। 

आइतबार राति प्रस्ताव गरिएका १९ जना पदाधिकारीले निर्वाचन प्रक्रियामा सोमल हुनु पर्नेछ। 

कुनै पदमा आवश्यकताभन्दा बढी उम्मेद्वारी नपरे सर्वसम्मत हुनेछ। उम्मेद्वारी परेमा निर्वाचन हुनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell