PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

एमाले महाधिवेशनको मनोनयन, हेर्नुस् तस्विरमा

एमाले महाधिवेशनको मनोनयन, हेर्नुस् तस्विरमा

पहिलोपोस्ट /पहिलोपोस्ट


नेकपा (एमाले) को महाधिवेशन अन्तर्गत आज पदाधिकारी चयनका लागि मनोनयन सम्पन्न भएको छ। आइतबार राति अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको प्रस्तावमा सहमति नभएपछि आज निर्वाचन हुन लागेको हो। 

अध्यक्षसहितका केही पदाधिकारीमा निर्वाचन हुँदैछ। अध्यक्षमा ओली र भीम रावल भिड्दै छन्। यस्तै, ओलीले प्रस्ताव गरेको सूचीमा असन्तुष्टि जनाउँदै उपाध्यक्षमा घनश्याम भुसाल र सचिवमा भीमप्रसाद आचार्यले उम्मेद्वारी दिएका छन्। 

बन्दसत्र भइरहेको सौराहाको होटल सेभेन स्टारमा अहिले प्रस्तावित सबै पदाधिकारीहरुको मनोनयन भइरहेको छ। केन्द्रीय कमिटी, अनुशासन आयोग लगायतका पदाधिकारीले पनि मनोनयन गर्नुपर्ने हुन्छ।

साथै विद्युतीय मतदानको तरिकाबारे पनि आयोगले जानकारी दिइरहेको छ। 

तस्विरहरु  
 



ट्रेन्डिङ पोस्ट

Ncell