PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

ओलीले पार्टी कब्जा गर्न खोजे त्यो  दुई दिनमात्रै टिक्छः घनश्याम भुसाल



पहिलोपोस्ट

ओलीले पार्टी कब्जा गर्न खोजे त्यो  दुई दिनमात्रै टिक्छः घनश्याम भुसाल

चितवनः नेकपा (एमाले) को उपाध्यक्षमा उम्मेद्वारी दिएका घनश्याम भुसालले दलाल पुँजीवादविरुद्ध आफ्नो उम्मेद्वारी भएका बताएका छन्। मनोनयनपछि कुरा गर्दै भुसालले अध्यक्ष केपी शर्मा ओलीले पार्टी कब्जा गर्न खोजे दुई दिनको मात्र हुने चेतावनी समेत दिए। 

उनले ९ औँ महाधिवेशनको उम्मेद्वार प्यानलको समेत आफू विरोध भएको बताउँदै यसपटक सम्बोधन भएको बताए। 

कुराकानीमा भुसालले भने, ‘क्रान्ति दलाल पुँजीवादले हाइज्याक ग¥यो। एमालेलाई पनि लतार्दै छ। यसको विरुद्धमा मेरो उम्मेद्वारी हो। पार्टीमा गल्ती भएको छ। एकीकृत पार्टी फुट्यो। भन्दा तिमीहरूले नै फुटायौ भन्न सक्छन्। तर त्यसको कारण खोज्नुपर्छ। प्यानल बनाउन गल्ती थियो ९औँ महाधिवेशनमा। मैले आवाज उठाउँदै आएको थियो। यसपटक पार्टीका नेताहरूले सम्बोधन गरेका छन् त्यसैले यस पटक प्यानल छैन। कसैले पार्टी कब्जा गर्छु भन्छ भने त्यो दुई दिनमात्र टिक्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell