PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

वरिष्ठ उपाध्यक्षमा ईश्वर, महासचिव शंकर र तीन उपमहासचिव सर्वसम्मत निर्वाचित



प्रकाश भण्डारी

वरिष्ठ उपाध्यक्षमा ईश्वर, महासचिव शंकर र तीन उपमहासचिव सर्वसम्मत निर्वाचित

चितवनः नेकपा (एमाले) को वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल सर्वसम्मत निर्वाचित भएका छन्। एकल मनोनयन परेपछि पोखरेल सर्वसम्मत भएका हुन्। लामो रस्साकस्सीपछि ओलीले अन्य आकांक्षी मनाएर पोखरेलको मात्र नाम आइतबार मध्यरात बन्दसत्रमा प्रस्तुत गरेका थिए। सोही नामावली अनुसार सोमबार बिहान मनोनयन भएको थियो। 

महाधिवेशन निर्वाचन आयोगका एक सदस्यका अनुसार महासचिवमा शंकर पोखरेल सर्वसम्मत भएका छन्। उनको पनि एकल मनोनयन परेको छ। महासचिवमा विष्णु पौडेलले पनि दाबी गरेका थिए। तर, अन्तिम समयमा पौडेललाई उपाध्यक्षमा प्रस्ताव गरिएको थियो। सोही अनुसार मनोनयन दर्ता भएको छ। 

यस्तै, तीन उपमहासचिव पनि निर्विरोध भएका छन्। पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली र विष्णु रिमाल उपमहासचिवमा सर्वसम्मत भएका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell