PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

गोकुल बास्कोटालाई पत्रकारको प्रश्नः विवाद मिलाउन कहाँ चुक्नुभयो?, जवाफमा भने, ‘तपाईंले कहाँ पढेर आएको पत्रकारिता’



नेत्र तामाङ

गोकुल बास्कोटालाई पत्रकारको प्रश्नः विवाद मिलाउन कहाँ चुक्नुभयो?, जवाफमा भने, ‘तपाईंले कहाँ पढेर आएको पत्रकारिता’

चितवनः पूर्व सञ्चारमन्त्री समेत रहेका एमाले नेता गोकुल बास्कोटालाई धेरैले हक्की भनेर चिन्छन्। उनले जनाउने प्रतिक्रिया बेला बखतमा चर्चामा आउँछन्। पूर्व पत्रकार समेत रहेका बास्कोटा पत्रकारिताका विषय खरो टिप्पणी समेत गर्छन्।

बेला बखतमा उनका प्रतिक्रिया विवादित पनि बन्छन्।

एमाले महाधिवेशनको निर्वाचन कार्यक्रम जारी रहेका बेला सञ्चार माध्यमसँगको कुराकानीमा बास्कोटाले आफ्नो पुरानै शैली पुनः देखाए।

एमालेले बन्दसत्र सुरु भएपछि पदाधिकारी लगायतको सबै विवाद मिल्ने आइतबार नै जनाएको थियो। मध्यरातमा सुरु भएको बन्दसत्रमा विवाद नमिलेपछि आज निर्वाचनका लागि मनोनयन भइसकेको छ। सोही प्रसंगमा बास्कोलाई तपाईँहरु कहाँ चुक्नुभयो भनेर सोधेका थिए।

सुरुमा बल्ल एउटा प्रश्नजस्तो प्रश्न आयो भनेर प्रतिक्रिया सुरु गरेका बास्कोटा छिनमै झोक्किए। 

कारण दोहोर्‍याएर पुनः एउटै प्रश्न गरेको भन्दै। बन्दसत्रमा जाने वित्तिकै सबै मिलाउँछौँ भनेको हैन भन्ने प्रश्न राख्न नपाउँदै झोक्किएका बास्कोटाले भने, ‘अध्यक्षले पेस गर्नुभएन? नमानेपछि प्रोससमा गयो नि त? तपाईंले कहाँ पढेर आएको पत्रकारिता?

बास्कोटाले प्रश्न नै नमिलेको समेत बताए। सञ्चारकर्मीले पुनः कुन प्रश्न मिलेन भनेर सोधेपछि जवाफमा फेरि भने, ‘यही प्रश्न मिलेन नि। एउटै प्रश्न तीन पटक गर्नुहुन्छ।’

प्रश्न फेरि सुरुवातकै दोहोरियो। त्यसो भए कहाँ मिलेन विवाद? जवाफमा उनले भने, ‘एउटाले एउटा पदमा दिएपछि अर्कोले त्यही पदमा हालेपछि एक जना छान्नु परेपछि पद एउटा भएपछि दुई जनाको उम्मेद्वारी परेपछि यो अवस्था आयो।’

बास्कोटाको प्रश्न सबै गलल हाँसे।

नेतृत्वले मिलाउनु पर्‍यो नि त बास्कोटालाई अर्को प्रश्न थपियो। 

उनले भने, ‘नेतृत्वलाई सहयोग गर्नुपर्‍यो नि।’

त्यसो भए अन्तिम रिजल्ट कहिले आउँछ? प्रश्न खस्न नपाउँदै उनले भने, ‘भोट गनिसकेपछि’

आक्रोशित बास्कोटाले निर्वाचन प्रक्रिया ढिलाइ भएको लागेमा निर्वाचन आयोगलाई सहयोग गर्न पत्रकारलाई नै प्रश्न गरे।

जिम्मेवार भएर जवाफ दिन पत्रकारले आग्रह गरेपछि बास्कोटाले राजनीतिक विषयमा प्रश्न गर्न भने।

त्यसपछि बास्कोटाले प्रतिनिधिको प्रजातान्त्रिक अधिकार अनुसार निर्वाचनका लागि मनोनयन भएको बताए। विवाद नतात्न बास्कोटाले पत्रकारलाई भने। साथै एमालेको विवाद पत्रकारले मिलाउने हो भनेर प्रतिप्रश्न गरे।

उनले जारी महाधिवेशनले एमाले एकताको सन्देश दिने बताए। महाधिवेशनले सुदृढ एमालेको सन्देश दिने पनि बास्कोटाको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell