PahiloPost

May 10, 2025 | २७ बैशाख २०८२

उम्मेद्वारको प्रारम्भिक नामावली सार्वजनिकमा ढिलाइ, १०ः३० मा सार्वजनिक हुनुपर्ने दुई घण्टा ढिला हुँदासम्म भएन



नेत्र तामाङ

उम्मेद्वारको प्रारम्भिक नामावली सार्वजनिकमा ढिलाइ, १०ः३० मा सार्वजनिक हुनुपर्ने दुई घण्टा ढिला हुँदासम्म भएन

चितवनः नेकपा (एमाले) को निर्वाचन प्रक्रिया कार्यान्वयनमा प्रारम्भमा नै ढिलाइ भएको छ। उम्मेद्वारको मनोनयनपछि सार्वजनिक गर्नुपर्ने प्रारम्भिक नामावली दुई घण्टा ढिला हुँदा समेत भएको छैन। सोमबार बिहान १०ः३० बजे नामावली सार्वजनिक गर्नुपर्ने कार्यतालिका छ। तर, दुई घण्टाभन्दा ढिला हुँदा पनि सार्वजनिक भएको छैन। 

प्रारम्भिक नामावली सार्वजनिक भएपछि मात्र उम्मेद्वारमाथि दाबी विरोध, उजुरी लगायतका प्रक्रिया प्रारम्भ हुनेछन्। उम्मेद्वारको नामावली पुनः प्रकाशनपछि नामावली फिर्ता नभए अन्तिम सूची निर्वाचन आयोगले सार्वजनिक गर्नेछ। 

निर्वाचन कार्यतालिका अनुसार राति ९ बजेबाट मतदान हुनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell