PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

लालबाबु पण्डितले गरे केन्द्रीय सदस्य अस्वीकार, गरेनन् मनोनयन दर्ता



पहिलोपोस्ट

लालबाबु पण्डितले गरे केन्द्रीय सदस्य अस्वीकार, गरेनन् मनोनयन दर्ता
फाइल फोटो

चितवनः सर्वसम्मत रुपमा केन्द्रीय सदस्य चुनिएका एमाले नेता लालबाबु पण्डितले पद अस्वीकार गरेका छन्। पण्डितले केन्द्रीय समितिमा नबस्ने जनाएका छन्। निर्वाचन आयोगले तोकेको समयसीमाभित्र उनले मनोनयन समेत दर्ता गरेनन्।

पण्डितले भने, ‘मैले उम्मेद्वारी नै नदिएपछि केन्द्रीय सदस्यमा बस्ने कुरै भएन नि।’

उनले आफूले पार्टीका सम्पूर्ण कार्यकारी पदबाट अलग रहेको पनि जनाएका छन्। पण्डितले सचिव पदमा दाबी गर्दै आएका थिए।

अध्यक्ष केपी शर्मा ओलीको सहमतिको सूचीमा सचिवमा उनको नाम सामेल नभएपछि केन्द्रीय सदस्य अस्वीकार गरेको ओली निकटहरुले दाबी गरेका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell