A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.699550c284b013.90560155): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.699550c284b013.90560155,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

पाँच घण्टा ढिला गरेर उम्मेद्वारको प्रारम्भिक नामावली सार्वजनिकः मध्यरातअघि निर्वाचन प्रक्रिया सुरु नहुने
PahiloPost

Feb 18, 2026 | ६ फागुन २०८२

पाँच घण्टा ढिला गरेर उम्मेद्वारको प्रारम्भिक नामावली सार्वजनिकः मध्यरातअघि निर्वाचन प्रक्रिया सुरु नहुने



प्रकाश भण्डारी

पाँच घण्टा ढिला गरेर उम्मेद्वारको प्रारम्भिक नामावली सार्वजनिकः मध्यरातअघि निर्वाचन प्रक्रिया सुरु नहुने

चितवनः नेकपा (एमाले) को महाधिवेशन निर्वाचन आयोगले उम्मेद्वारको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ। १९ पदाधिकारीका लागि २३ जनाको उम्मेद्वारी परेको छ। वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली र विष्णु रिमाल सर्वसम्मत भएका छन्।

अध्यक्ष, उपाध्यक्ष र सचिवमा प्रतिस्पर्धा हुन लागेको हो।

अध्यक्षमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच प्रतिस्पर्धा हुनेछ। यस्तै, ६ खुला उपाध्यक्ष पदका लागि ७ जनाको उम्मेद्वारी परेको छ। अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुरेन्द्रप्रसाद पाण्डे र सुवास नेम्वाङबीच उपाध्यक्षमा प्रतिस्पर्धा हुनेछ।

यस्तै, खुला ७ सचिवमा ९ जनाको उम्मेद्वारी परेको छ। सचिवमा गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टंक कार्की, टोपबहादुर रायमाझी, पद्माकुमार अर्याल, भीमप्रसाद आचार्य, योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्टबीच प्रतिस्पर्धा हुनेछ। 

आयोगले केन्द्रीय सदस्यहरुको उम्मेद्वारको पनि नामावली सार्वजनिक गरेको छ।

निर्वाचन कार्यतालिका अनुसार अब उम्मेद्वारमाथि दाबी विरोध हुनेछ। दाबी विरोध परेमा आयोगले छानविन गर्नेछ। छानविनपछि सूची सार्वजनिक गर्नेछ।

सार्वजनिक सूचीमा नाम फिर्ता लिन चाहेमा आयोगले समय दिनेछ। नामावली फिर्ताको समय सकिएपछि आयोगले अन्तिम नामावली सार्वजनिक गर्नेछ । अन्तिम नामावली सार्वजनिक भएपछि उम्मेद्वारको विवरण विद्युतीय मतदान मेसिनमा इन्ट्री हुनेछ। सो कार्य सकिएपछि मात्र निर्वाचन कार्य प्रारम्भ हुनेछ।

जस अनुसार सोमबार पनि मध्यरातअघि निर्वाचन प्रक्रिया प्रारम्भको सम्भावना छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell