PahiloPost

Jul 9, 2024 | २६ असार २०८१

पर्सामा कांग्रेस अधिवेशनः प्रदेश क्षेत्रमा जारी, मंलबारदेखि संघीय क्षेत्रको अधिवेशन



पहिलोपोस्ट

पर्सामा कांग्रेस अधिवेशनः प्रदेश क्षेत्रमा जारी, मंलबारदेखि संघीय क्षेत्रको अधिवेशन

वीरगंजः नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत पर्सामा प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन भइरहेको छ। समय अभावको कारण गाउँ-नगर अधिवेशन नगरी सिधै प्रदेश र त्यसपछि संघीय निर्वाचन क्षेत्रको अधिवेशन हुन लागेको हो।

निर्वाचन संयोजक नरेन्द्र केसीका अनुसार पर्साका ८ वटा प्रदेश निर्वाचन क्षेत्रमध्ये ६ वटाको अधिवेशन सम्पन्न भइसकेको छ। दुई वटाको बाँकी छ।

पर्सा १ को (क) र (ख) को मंगलबार चुनाव गरी अधिवेशन हुने जनाइएको छ। १ (क) मा अनिल श्रीवास्तव र शिवबालक यादवबीच सभापतिमा प्रतिस्पर्धा हुनेछ। (ख) मा अनिल सिंह र हुकुम सिंहबीच प्रतिस्पर्धा हुनेछ।

पर्सा २ को (क) मा सभापतिमा बेदमन दास थारुको सभापतित्वमा सर्वसम्मत पदाधिकारी चयन भएका छन्। २ को (ख) मा शैलेन्द्र उपाध्याय विजयी भएका छन्। क्षेत्र नम्बर ३ को (क) मा प्रेमशंकर दास थारु मुखियाको सभापतित्वमा पदाधिकारी चयन भएका छन्। ३ को (ख) मा इन्द्रा चौरसियालाई पराजित गर्दै सभापतिमा अनोजकुमार चौरसिया विजयी भएका छन्। पर्सा ४ (क) मा जीवनकृष्ण सापकोटा र ४ को (ख) मा दिपेन्द्र सिंह सभापति चयन भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell