PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

भोट माग्दै भीम रावलः प्रतिनिधिको सुझाव, ‘अहिलेको आवश्यकता ओली हो, कुनै शक्तिशाली पदमा बसेर काम गर्नुस्’



प्रकाश भण्डारी

भोट माग्दै भीम रावलः प्रतिनिधिको सुझाव, ‘अहिलेको आवश्यकता ओली हो, कुनै शक्तिशाली पदमा बसेर काम गर्नुस्’

चितवनः एमाले अध्यक्षमा उम्मेद्वारी दिएका भीम रावल प्रतिनिधिसँग भोट माग्न व्यवस्त छन्। अधिवेशन प्रारम्भ हुनुभन्दा एक साताअघि नै काठमाडौँमा उम्मेद्वारी घोषणा गरेका रावलको प्रतिस्पर्धा भने सहज छैन। पराजित भए पनि आफू चुनाव लड्नै भन्दै उनले उम्मेद्वारी दिएका हुन्।

सौराहाको होटल सेभेन स्टार परिसरमा रहेका मतदातासँग अहिले ओलीले भोट मागिरहेका छन्। तर, मतदाताले भने रावललाई मत दिने प्रतिवद्धताको सट्टा सुझाव दिइरहेका छन्।

उम्मेद्वारी फिर्ता लिएर कुनै शक्तिशाली पदमा बसेर काम गर्न रावललाई उनीहरुले सुझाव दिइरहेका छन्।

रावलले भोट माग्दै गरेका एक प्रतिनिधिले भने, ‘कार्यकर्ताको सुझावलाई मानेर फिर्ता लिनुस्। तपाईं कुनै शक्तिशाली पदमा बसेरै काम गर्नुस्। अहिलेको आवश्यकता केपी ओली हो।’

रावलसँगै उपाध्यक्षका उम्मेद्वार घनश्याम भुसालले पनि होटल परिसरमा मतदातासँग भोट मागिरहेका छन्।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell