PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कमल थापाको प्रचण्डलाई चेतावनी, ‘बन्दुकसँगै खेल्दै हुर्केको मान्छे, मलाई बन्दुक चलाउन सिकाउनु पर्दैन’



पहिलोपोस्ट

कमल थापाको प्रचण्डलाई चेतावनी, ‘बन्दुकसँगै खेल्दै हुर्केको मान्छे, मलाई बन्दुक चलाउन सिकाउनु पर्दैन’

काठमाडौँः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले आगमी महाधिवेशनमा पुनः अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेका छन्।

काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष थापाले मंसिर १५ गतेदेखि हुने पार्टीको महाधिवेशनमा आफूले पुनः अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेका हुन्। थापाले पार्टीमा रहेर नगरी नहुने काम धेरै रहेको र त्यो काम अपूरो छोडेर आफू बाहिरिन नसक्ने बताए।

थापाले भने, ‘यो पृष्ठभूमिमा म तपाईंंहरु समक्ष आगामी दिनमा पार्टीलाई कहिल्यै फुट्न नदिने र नफुटाउने संकल्पका साथ पार्टीको अध्यक्ष पदमा आफ्नो उम्मेदवारीको घोषणा गर्दछु। केही कामहरु अधुरा छन्, केही नगरी नहुने कामहरु बाँकी छन्, ती अधुरा कामहरुलाई अधुरै छोडेर पलायन हुने अनुमति मलाई छैन।’

अध्यक्ष थापाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्कमल दाहाल प्रचण्डलाई राजसंस्थासहितको प्रजातन्त्रलाई निषेध गर्ने गरी केही विषयहरुलाई अपरिवर्तनीय नदेख्न चेतावनी दिए। आफू बन्दुकसँगै खेलेर हुर्किएको भन्दै उनले प्रचण्डलाई बन्दुक बोकेर जंगल पसेको धाक नलगाउन पनि चेतावनी दिए।

अध्यक्ष थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले केही समयअघि मात्रै पूर्वराजा ज्ञानेन्द्र शाहलाई इंगित गर्दै आक्रोस पोखेको भन्दै गणतन्त्रमा विश्वास भए जनतासँग गएर जनमत गर्न चेतावनी दिए।

थापाले भने,, ‘प्रचण्डजी तपाईंले २०४७ सालको संविधानमा केही व्यवस्था अपरिवर्तनीय लेखेको कारणले हामी विद्रोहमा जान बाध्य भयौँ, बन्दुक बोकेर जंगल जान बाध्य भयौँ भनेर पटक पटक भन्नु भएको छ, यदि तपाईंले अहिले हाम्रा मान्यता, हिन्दु राज्य र राजसंस्थासहितको प्रजातन्त्रलाई निषेध गर्ने गरी केही विषयहरुलाई अपरिवर्तनीय देख्नुहुन्छ भने अहिले यही ठाउँबाट मैले संविधानसभा बहिष्कार गरेर बिद्रोहको बाटोमा जानुपर्ने आवश्यक्ता हुनसक्छ। तपाईंले बन्दुक चलाउन सक्नुहुन्छ भने म त सिपाहीको छोरा। बन्दुकसँगै खेल्दै हुर्केको मान्छे। मलाई बन्दुक चलाउन कसैले सिकाउनु पर्दैन।’

अध्यक्ष थापाले आगामी निर्वाचनबाट कांग्रेस र एमालेपछि तेस्रो ठूलो शक्तिको रुपमा राप्रपा उदाउने दाबी गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell