PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

सर्लाही कांग्रेसको वडा अधिवेशनमा झडप, निर्वाचन अधिकृतसहित ५ घाइते



पहिलोपोस्ट

सर्लाही कांग्रेसको वडा अधिवेशनमा झडप, निर्वाचन अधिकृतसहित ५ घाइते

जनकपुरधामः नेपाली कांग्रेसको वडा अधिवेशनको क्रममा सर्लाहीमा झडप भएको छ। झडप हुँदा मतदान अधिकृतसहित ५ जना घाइते भएका छन्।

सर्लाहीको निर्वाचन क्षेत्र ४ बलरा नगरपालिका ८ मा अधिवेशन गराउन पुगेका मतदान अधिकृत उमेशचन्द्र झामाथि आक्रमण भएपछि प्रहरीसँगको झडपमा ५ जना घाइते भएका हुन्।

वडा अधिवेशनकै क्रममा मतदान अधिकृत झामाथि हातपात हुन थालेपछि रोक्ने क्रममा प्रहरीसँग झडप भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी  बाबुराम खतिवडाले जानकारी दिए।

झडपमा परेर जनता मावि फुलपरासीका मतदान अधिकृत झासहित ३ जना प्रहरी र एक सर्वसाधारण घाइते भएको प्रमुख जिल्ला अधिकारी खतिवडाले बताए।  निर्वाचन अधिकृतको टाउकोमा चोट लागेको छ भने एक जना इन्सपेक्टरको हात भाँचिएको छ।

सोही क्षेत्रका प्रतिनिधिसभा सदस्य अमरेश सिंह पक्षधरले मतदान अधिकृतलाई हातपात गर्न लाग्दा प्रहरीले उनको सुरक्षाका लागि मलंगवा लैजाने क्रममा प्रहरीसँग झडप भएको नेपाली कांग्रेस सर्लाहीका सभापति नागेन्द्र रायले बताए।

यसअघि सोही क्षेत्रमा आइतबार साँझ वडा अधिवेशनकै क्रममा प्रदेश २ का महिला बालबालिका तथा खेलकुद मन्त्री वीरेन्द्र सिंहमामाथि हातपात भएको थियो। सिंहका सुरक्षा गार्डले हवाइ फायर समेत गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell