PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बारे डब्लुएचओले अध्ययन गर्दै



पहिलोपोस्ट

कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बारे डब्लुएचओले अध्ययन गर्दै
Photo : AFP-JIJI, REUTERS

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को नेपाल कार्यालयका प्रमुख राजेश सम्भाजीराव पाण्डवले दक्षिण अफ्रिकामा हालै पुष्टि भएको कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ धेरै संक्रामक भएको वा  नभएको भन्ने बारे अध्ययन भइरहेको बताएका छन्।

उनले डब्लुएचओले नयाँ भेरियन्टको बारेमा सही कुरा पत्ता लगाउनका लागि भेरियन्ट देखिएको स्थानमा अध्ययन गरिरहेको समेत बताए। यो भेरियन्टविरुद्ध अहिले प्रयोगमा रहेका भ्याक्सिनले काम गर्छ वा गर्दैन भन्ने कुराको पनि अध्ययन गरिरहेको उनले दाबी गरे।

‘पहिलो कुरा त यो भेरियन्ट अन्य भाइरस भन्दा फरक छ भनिएको छ तर यो भेरियन्ट धेरै मानिसबाट मानिसमा उत्परिवर्तन हुन्छ भन्ने बोरे स्पष्ट भइसकेको छैन। अहिले विश्वस्वास्थ्य संगठन र टेक्निकल पार्टनर्सहरुले भाइरसको भेरियन्ट फेला परेको स्थानमा अनुसन्धान गरिरहेको छ। डब्ल्यूएचओले अहिले यो भेरियन्टमा कोरोनाविरुद्धको खोप सफल हुन्छ कि हुँदैन भनेर पनि अध्ययन गरिरहेको छ। केही समयभित्रमा सायद अहिलेको भ्याक्सिनले काम गर्छ कि गर्दैन ? भन्ने कुरा पत्ता लाग्नेछ’ उनले भने।

कोरोनाको नयाँ भेरियन्टबाट बच्नका लागि सदा झैँ मास्क अनिवार्य लगाउनु पर्ने, हात धनुपर्ने, सभा सम्मेलनहरु रोक्नुपर्ने उनले बताए। उनले अहिले नेपालमा कोरोनाको संक्रमण सकिएको झैँ एकै ठाउँमा भेला भएर बस्नेहरुको जमात बढ्दै गएको र सार्वजनिक स्थलमा समेत मास्कको प्रयोग नगर्नेहरुको संख्या बढ्दै गइरहेकोले त्यसतर्फ सचेत हुनुपर्ने बताए।

उनले नयाँ भेरियन्टसँग जुध्न अस्पतालहरु तयारी अवस्थामा रहनुपर्ने र नागरिकहरुले पनि स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेमा जोड दिए।

पाण्डवले विश्व स्वाथ्य संगठनले अफ्रिकामा देखिएको कोरोनाको नयाँ भेरियन्टबारे स्वास्थ्य मन्त्रालयलाई जानकारी गराइसकेको पनि बताए।

कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ दक्षिण अफ्रिकामा नोभेम्बर २६ मा पुष्टि भएको थियो। नयाँ भेरियन्टको खतरा बढेपछि नेपालसहितका कयौंदेशले दक्षिण अफ्रिकासहित अन्य अफ्रिकी देशबाट आउने नागरिकहरुमाथि प्रबन्ध लगाइसकेको छ। यता, दक्षिण अफ्रिकाले भने आफ्नो देशमाथि यात्रा प्रतिबन्ध नलगाउन आग्रह गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell