काठमाडौँः नेपाली कांग्रेसको आसन्न महाधिवेशनको कार्यतालिका सामान्य संशोधन भएको छ। केन्द्रीय निर्वाचन समितिले केन्द्रीय कार्यसमिति र प्रदेश कार्यसमिति चयनको कार्यतालिका संशोधन गरेको हो।
दुबै कार्यसमिति चयनको यसअघि निर्धारित समयसीमा एक दिन बढाइएको छ। यसअघि प्रदेश कार्यसमिति चयनका लागि मंसिर १६ र १७ गतेको समय तोकिएको थियो। उक्त अवधि एक दिन थप गरिएको छ। मंसिर १८ गतेसम्म समय तोकिएको छ। मंसिर १८ गते प्रदेश कार्यसमिति चयनका लागि निर्वाचन हुनेछ।
यस्तै, केन्द्रीय कार्यसमिति चयनको निर्वाचनलाई पनि मंसिर २७ गते पु¥याइएको छ। यसअघि उक्त समयसीमा मंसिर २६ गतेसम्म थियो। महाधिवेशन मंसिर २४ गतेबाट सुरु भई २६ गतेसम्म निर्वाचन सम्पन्न गर्ने कार्यतालिका थियो।