PahiloPost

Jul 16, 2025 | १ साउन २०८२

म्याग्दीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु



पहिलोपोस्ट

म्याग्दीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु

म्याग्दीः म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। बेनीदेखि बेगको सिमतर्फ जाँदै गरेको ग १ ज ७२५१ नंको जिप औँलामा दुर्घटना भएको हो।

प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङका अनुसार मृत्यु हुनेमा ३० वर्षीया गौमाया विक, जिप चालक ३५ वर्षीय दुढबहादुर थापा, ३० वर्षीय खिमु पुन र ४५ वर्षीय खिमानन्द शर्मा छन्। उनीहरु सवै बेगका बासिन्दा हुन् । गौमाया रघुगङ्गा गाउँपालिका–१ बेगकी निर्वाचित वडा सदस्यसमेत हुन्। पुन र शर्माको घटनास्थलमा तथा चालक थापा र विकको उपचारका लागि बेनी ल्याउँदा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा ५४ वर्षीय बलबहादुर विक, २३ वर्षीय मनोज पुन, २० वर्षीय भीम फगामी र ३० वर्षीय ज्ञानबहादुर शेरपुञ्जा घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि कास्कीको पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको छ। जिप सडकदेखि करिब तीन सय मिटर तल खसेको थियो। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell