PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

लियोनल मेस्सीले जिते सातौं पटक बालोन डि ओर



पहिलोपोस्ट

लियोनल मेस्सीले जिते सातौं पटक बालोन डि ओर

अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सीले वर्षको उत्कृष्ट खेलाडी बन्दै सातौं पटक बालोन डिओर पुरस्कार जितेका छन्।

३४ वर्षे मेस्सीले यो वर्ष अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि दिलाउन सफल भएका थिए भने २०२१ मा कुल ४० गोल गरे। जसमध्ये २८ बार्सिलोनाबाट, चार पेरिस सेन्ट जर्मेनबाट र ८ अर्जेन्टिनाबाट गरे।

बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्की दोस्रो नम्बरमा आउँदा इटलीका मिडफिल्डर तेस्रो र रियल मड्रिडका फ्रेन्च स्ट्राइकर करिम बेन्जेमा चौथो स्थानमा रहे।

मेस्सीले यसअघि २००९, २०१०, २०११, २०१२, २०१५ र २०२१ मा बालोन डिओर जितेका थिए।

महिलातर्फ बार्सिलोनका कप्तान एलेक्स पुटेलासले बालोन डिओर जितिन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell