चितवन: नेकपा एमालेको नेतृत्व चयनका लागि आज बिहानबाट चिवनमा मतदान सुरु भएको छ। मतदान सुरु भएपछि पनि समूह सूची जारी गरेर पर्चा वितरण गरेको भन्दै अध्यक्ष पदका आकांक्षी भीम रावलले विरोध गरेका छन्।
'चितवनमा एमालेको मतदान शुरू भएपछि मतदान इलाकामा पार्टी निर्वाचन आयोगको आचार संहिता विपरीत समूह सूची बाँड्ने र त्यसको विरोध गर्नेमाथि जाइलाग्ने कार्यको निन्दा गर्दछु,' रावलले ट्वीट गरेका छन्, 'उक्त कामले पार्टीमा धब्बा लाग्छ र लोकतन्त्रलाई कमजोर बनाउछ।यो रोक्न निर्वाचन आयोग र सुरक्षाकर्मीलाई आग्रह गरेको छु।'
मतदाताहरु लामबद्ध भइरहँदा ओली पक्षका नेताहरुले भीम रावललगायतलाई मत नहाल्न उर्दी जारी गर्दै रेजा लगाएको सुची बाँडेका थिए। यसैगरी मतदातालाई प्रभावित पार्न ओली पक्षले मत हाल्नै नहुने भन्दै भीम रावललगायतको सूची बाँडेको थियो।
चितवनमा एमालेको मतदान शुरू भएपछि मतदान इलाकामा पार्टी निर्वाचन आयोगको आचार संहिता विपरीत समूह सूची बाँड्ने र त्यसको विरोध गर्नेमाथि जाइलाग्ने कार्यको निन्दा गर्दछु।उक्त कामले पार्टीमा धब्बा लाग्छ र लोकतन्त्रलाई कमजोर बनाउछ।यो रोक्न निर्वाचन आयोग र सुरक्षाकर्मीलाई आग्रह गरेको छु।
— Dr. Bhim Rawal (@BhimRawal179) November 30, 2021
एमालेका निर्वाचन आयो प्रमुख विजय सुब्बाका अनुसार हालसम्म २ हजार जनाले मतदान गरिसकेका छन्।
एमालेमा अध्यक्ष, उपाध्यक्ष र सचिव गरी १० क्लस्टरमा चुनाव शुरु भएको छ। महाधिवेशन प्रतिनिधिहरु बिहानैबाट मतदानका लागि सेभेनस्टार होटलमा पुगेर लामबद्ध छन्।
