PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

सौगातको मुख्य भूमिका रहेको फिल्म 'मन्त्र' माघ २८ मा रिलिज हुने



पहिलोपोस्ट

सौगातको मुख्य भूमिका रहेको फिल्म 'मन्त्र' माघ २८ मा रिलिज हुने

काठमाडौं: अभिनेता सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म ‘मन्त्र’ को प्रदर्शन मिति तय भएको छ। फिल्म आगामी माघ २८ गतेबाट देशभर प्रदर्शनमा आउने पक्का भएको हो।

सार्वजनिक भएको फिल्मको पोस्टरमा सौगात मल्लका साथै बुद्धि तामाङ र दिया पुनलाई पनि देख्न सकिन्छ। गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रा.लि.को ब्यानरमा बनेको फिल्मका वितरक गोविन्द शाही रहेका छन्।

खिलबहादुर गुरुङको निर्देशन रहेको यस फिल्मले हिमाली भेगको प्रेम कथालाई समेटिएको छ। फिल्मको कथा साम्तेन भुटियाले लेखेका हुन्। गोरखाको मनास्लु क्षेत्र आसपासको कथावस्तुलाई आधार बनाएर फिल्म निर्माण गरिएको निर्माण पक्षले जनाएको छ।

यस फिल्ममार्फत् सौगात र दियाले पहिलो पटक स्क्रिन सेयर गरेका छन्। फिल्ममा नमिता घिसिङ्, बीरबहादुर लामा, पासाङ्ग टी शेर्पा लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ।

रविराज कार्की, सुरेश कार्की र शुभ श्रेष्ठको लगानी रहेको फिल्ममा देवेन्द्र मानन्धर कार्यकारी निर्माता रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell