बुटवल : नेपाली कांग्रेस कपिलवस्तुको सभापतिमा अब्दुल कलाम निर्वाचित भएका छन्। मंगलबार बिहान सम्पन्न भएको मतगणना अनुसार कलामले उनका प्रतिस्पर्धी राजेश आचार्यलाई १०९ मत अन्तरले पराजित गरेका हुन्।
जिल्ला सभापतिको लागि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका कलाम र पार्टी सभापति शेरबहादुर देउवा पक्षका आचार्यबिच प्रतिस्पर्धा भएको थियो। कुल खसेको एक हजार ७६५ मत मध्ये विजयी भएका कलामले ९२८ मत प्राप्त गरेका छन्। भने, आचार्यले ८१९ मत ल्याएका छन्।
त्यस्तै, दुई उप सभापति पदमा रजतराज आचार्य र हुमाकान्त खनाल तथा दुई सचिवमा शक्ति सिँह ठकुरी र प्रेम बहादुर सिंह रायमाझी निर्वाचित भएका छन्।
कपिलवस्तमा जिल्ला समितिको पदाधिकारी सहितका अधिकांश पदमा रामचन्द्र प्यानल निर्वाचित भएको छ।