PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

महाधिवेशन जस्तै लम्बियो मतगणना : विद्युतीय मेसिनमा मत, गन्ती गर्न कागजमा छापिँदै



पहिलोपोस्ट

महाधिवेशन जस्तै लम्बियो मतगणना : विद्युतीय मेसिनमा मत, गन्ती गर्न कागजमा छापिँदै

चितवन : महाधिवेशनको अवधि लम्बिएजस्तै नेकपा एमालेको अध्यक्षसहित पदाधिकारी र केन्द्रीय सदस्यका लागि भएको मतदानको मतगणना अवधि पनि लाम्बिँदै गएको छ।

नेतृत्व चयनका लागि मंगलवार बिहान ४ बजेबाट मतदान सुरु भएको थियो। बिहान ११ बजे मतदान सकिएको थियो। निर्वाचन सकिएको चार घण्टामा मतपरिणाम आउने बताइए पनि सर्वसम्मति नहुँदा मतगणना प्रक्रिया सुरु हुन नसकेको हो।

'सबै साथीहरुको चित्त बुझाउनु पर्‍यो। मेसिनले गणना हुने भएपनि धर्सा तान्ने भन्ने कुरा भएको छ कापीमा। त्यसैले ढिला भयो,' निर्वाचन अधिकृत बाबुराम दाहालले भने।

यसपटक नेकपा एमालेको १० औं महाधिवेशनमा राम लक्ष्मण भोटिङ मेसिन प्रयोग गरिएको छ। विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएकोले सबैको सर्वसम्मति जुटाएरमात्रै मतगणना हुने बताइएको छ।

विद्युतीय मेसिनबाट मतदान भए पनि अहिले 'सबैको चित्त' बुझाउन मतपत्रलाई फेरि प्रिन्ट गर्ने काम भइरहेको छ। त्यसैले मतगणनाको प्रक्रिया लम्बिएको हो।

'मेसिनबाट निकालेर कम्प्युटरमा हालेर प्रिन्ट गर्ने काम भइरहेको छ। ६९ वटा बाट पालैपालो निकाल्दा समय लाग्छ। नयाँ सिस्टम रहेछ। भद्रगोलको काम रहेछ,'  एक मतदान अधिकृतले भने।

मतगणनापछि नेकपा (एमाले) को नवनिर्वाचित केन्द्रीय कमिटीको शपथग्रहण र पहिलो बैठक सौराहामै हुने तय भएको छ।

महाधिवेशनमा अध्यक्षका दुई प्रत्यासी छन्। वर्तमान अध्यक्ष केपी शर्मा ओली र भीम रावल अध्यक्षको प्रतिस्पर्धामा छन्। वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल सर्वसम्मत हुँदा उपाध्यक्षमा ६ जनाका लागि ७ जना प्रतिस्पर्धामा छन्।

यस्तै, महासचिवमा शंकर पोखरेल सर्वसम्मत भएका छन्। उप महासचिवमा पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली र विष्णु रिमाल सर्वसम्मत भएका छन्।

सचिवमा ७ जनाका लागि ९ जनाबिच प्रतिस्पर्धा हुनेछ।

यस्तै, खुला केन्द्रीय सदस्य पुरुषतर्फ ८४ जनाका लागि १०० को उम्मेद्वारी परेको छ। भूगोतर्फ प्रदेश १ मा पुरुष र महिला दुवै क्लष्टरको चुनाव भएको छ। यस्तै, सुदूर पश्चिममा महिला क्लष्टरमा पनि चुनाव भएको छ। समावेशीतर्फ दलित, थारु क्लष्टरमा पनि चुनाव भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell