PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अमेरिकामा मिस नेपाल नम्रता श्रेष्ठको 'क्स्ट्युम भेरिएसन'

अमेरिकामा मिस नेपाल नम्रता श्रेष्ठको 'क्स्ट्युम भेरिएसन'

पहिलोपोस्ट /पहिलोपोस्ट


'मिस वर्ल्ड नेपाल २०२०' नम्रता श्रेष्ठ यतिखेर अमेरिकामा छिन्। 'मिस वर्ल्ड' मा सहभागी हुन उनी मंसिर ४ गते अमेरिकाको पुुएर्टो रिको गएकी हुन्।

आउँदो पुस १मा आयोजना हुने ‘मिस वर्ल्ड’ प्रतियोगितामा नम्रताले नेपालको प्रतिनिधित्व गर्दैछिन्। 

अमेरिका पुगेपछि नम्रता सामाजिक सञ्जालमा निकै सक्रिय देखिएकी छिन्। उनले आफ्ना दैनिक क्रियाकलापका फोटोहरु सामाजिक सञ्जालमा सेयर गरिरहेकी छिन्।

हरेकदिन नम्रताको पहिरनमा 'भेरिएसन' देख्न सकिन्छ। कहिले नेपाली त महिले मोर्डन आउटफिटमा सजिएकी छिन् उनी। अन्य देशका प्रतिस्पर्धीसँग पनि उत्तिकै रमाइरहेकी देख्न सकिन्छ उनलाई।

ट्यालेन्ट राउण्डमा नेपाली नृत्यका स्टेपहरु समेटिएको बेलि डान्स गरेको फेसबुकमा उल्लेख गरेकी छिन्। नम्रताले प्रतियोगितामा ‘हेड टु हेड’ च्यालेञ्ज देखि ‘ब्युटी विथ पर्पस’ विधाका लागि पनि प्रस्तुति दिइसकेकी छिन्।



ट्रेन्डिङ पोस्ट

Ncell