PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

भित्र के भइरहेको छ ? इलाफेन्ट हलमा मतगणनाको तयारी भइरहँदा बाहिर जे देखियो

भित्र के भइरहेको छ ? इलाफेन्ट हलमा मतगणनाको तयारी भइरहँदा बाहिर जे देखियो

पहिलोपोस्ट /पहिलोपोस्ट


चितवन : नेकपा एमालेको अध्यक्षसहित पदाधिकारी र केन्द्रीय सदस्यका लागि भएको मतदानको मतगणना अहिलेसम्म सुरु हुन सकेको छैन।

नेतृत्व चयनका लागि मंगलवार बिहान ४ बजेबाट मतदान सुरु भएको थियो। बिहान ११ बजे मतदान सकिएको थियो। निर्वाचन सकिएको चार घण्टामा मतपरिणाम आउने बताइए पनि सर्वसम्मति नहुँदा मतगणना प्रक्रिया सुरु हुन नसकेको हो।

सौराहस्थित सेभनस्टार होटलको इलाफेन्ट हलमा मतगणनाको तयारी चलिरहेको छ। तर, विद्युतिय मतलाई फेरि छाप्ने काम भइरहँदा मतगणना प्रक्रिया लम्बिएको हो। 

मतगणनास्थलमा सुरक्षा व्यवस्था बनाइएको छ भने प्रतिनिधिहरु हलबाट प्रतिक्षारत् छन्। हल भित्र के भइरहेको छ भन्ने बाहिर सर्वत्र चासो छ। 



ट्रेन्डिङ पोस्ट

Ncell