PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

एमाले पदाधिकारीमा कसको कति मत? ३६ जनाको 'नो भोट'



प्रकाश भण्डारी

एमाले पदाधिकारीमा कसको कति मत? ३६ जनाको 'नो भोट'

काठमाडौं : नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन्। मतपरिणाम अनुसार ओलीले १ हजार ८३७ मत पाएका छन्। ओलीलाई टक्कर दिएका भीम रावलले २२३ मत पाएका छन्।

अध्यक्षमा ३६ जनाले कुनै पनि उम्मेदवारलाई मत दिएनन्।

एमालेको उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा अष्टलक्ष्मी शाक्य लोकप्रिय मत ल्याएर निर्वाचित भएकी छिन्। माधवकुमार नेपाल समूह छाडेर एकताका लागि भन्दै एमालेमा बसेकी उनी १ हजार ९७६ मत ल्याउँदै निर्वाचित भएकी हुन्।  

६ जना उपाध्यक्षका लागि भएको निर्वाचनमा सुरेन्द्र पाण्डेले १ हजार ९२५, सुवास नेम्वाङले १ हजार ८६५, विष्णु पौडेलले १ हजार ८५६ र युवराज ज्ञवालीले १ हजार ८४२ मत पाउँदै निर्वाचित भए।

यस्तै, माओवादीबाट एमालेमा आएका रामबहादुर थापा बादलले १ हजार ७६८ मत पाए।

माधव समूहको समथ छाडेर एमालेमै फर्किएका घनश्याम भुसाल भने निर्वाचनमा पराजित भएका छन्। उनले ७२५ मत पाए।

यस्तै, ७ सचिवका लागि भएको निर्वाचनमा गोकर्ण विष्टले सर्वाधिक १ हजार ९७६ मत ल्याए विजयी भएका छन्। त्यस्तै, योगेश भट्टराईले १ हजार ९६४, पद्मा अर्याल र छविलाल विश्वकर्माले समान १ हजार ८०० मत प्राप्त गरेका छन्।

माओवादीबाट एमाले पुगेका लेखराज भट्टले १ हजार ७०४ र टोपबहादुर रायमाझीले १ हजार ७०० मत पाउँदै सचिवमा निर्वाचित भएका छन्। रघुविर महासेठ १ हजार ५१३ मत ल्याउँदै सचिवमा विजय भए।

प्रदेश १ का पूर्व मुख्यमन्त्री भीम आचार्य र पूर्व राजदूत टंक कार्की सचिव पदको निर्वाचनमा पराजित भए। आचार्यले १ हजार ३०० मत पाउँदा कार्कीले ५०० मत मात्र पाए।   

पदाधिकारीमा पराजित उम्मेदवारहरु अध्यक्ष ओलीले बन्दसत्रमा पेश गरेको सूचीमा थिएनन्। निर्वाचन कमिटीले आधिकारिक मत परिणाम घोषणा गरिसकेको छैन। अध्यक्ष ओलीको उपस्थितिमा परिणाम बन्दसत्रमा घोषणा गरिने बताइएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell