PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

कपिल देवको बायोपिक '८३' को ट्रेलर सार्वजनिक



पहिलोपोस्ट

कपिल देवको बायोपिक '८३' को ट्रेलर सार्वजनिक

भारतीय क्रिकेट टिमका कप्तान कपिल देवको बायोपिकमा आधारित फिल्म '८३' को ट्रेलर सार्वजनिक भएको छ। कबीर खानको निर्देशन रहेको फिल्म भारतीय क्रिकेटर देवको भूमिका रणवीर सिंहले निर्वाह गरेका छन्। 

यस फिल्ममा सन् १९८३ जुन २५ मा भारतले पहिलोपटक वर्ल्ड कप जितेको कथा प्रस्तुत हुनेछ। कपिल देवको वर्ल्ड कपसम्मको क्रिकेटको सघर्षपुर्ण यात्रालाई नै फिल्मको कथा बनाइएको छ। फिल्ममा दीपिका पादुकोण रोमी भाटियाको भूमिकामा देखिँदैछिन्।

फिल्ममा ताहिर राज भासिन, जीवा सलीम, जतिन सरना, चिराग पाटिल,निशान्त दहिया, पंकजत्रिपाठी लगायतका कलाकारहरुको अभिनय रहेको छ।

२६ डिसेम्बरबाट सिनेमाघरमा रिलिज हुने यो फिल्म हिन्दी, तमिल, तेलुगू, मलयालम र कन्नड  भाषामा रिलिज हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell