PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

दोहोर्‍याइ-दोहोर्‍याइ बद्री पंगेनीको गीत बजाएपछि ईश्वर पोखरेलले प्राविधिकलाई भने, ‘एकोहोरो त्योमात्र नबजाउनुस न’



पहिलोपोस्ट

दोहोर्‍याइ-दोहोर्‍याइ बद्री पंगेनीको गीत बजाएपछि ईश्वर पोखरेलले प्राविधिकलाई भने, ‘एकोहोरो त्योमात्र नबजाउनुस न’

चितवनः नेकपा (एमाले) को महाधिवेशनको निर्वाचन प्रक्रिया सकिएको छ। अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भइसकेका छन्। तर, पार्टीको केन्द्रीय निर्वाचन आयोगले भने साँझ सवा ६ बजेसम्म निर्वाचनको औपचारिक मत परिणाम घोषणा गरेको छैन। मत परिणाम घोषणा भएपछि निर्वाचित प्रमाणपत्र समेत दिने प्रक्रिया बाँकी रहनेछ।

होटल सेभेन स्टार परिसरमा नेताहरु आयोगको अन्तिम मत परिणामको प्रंतीक्षामा छन्। नवनिर्वाचित अध्यक्ष ओली, अध्यक्षमा हार व्यहोरेका भीम रावल, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल लगायतका सबै नेता तथा प्रतिनिधि समेत प्रतीक्षामा छन्। यस्तै, केन्द्रीय सदस्यमा विजयीहरु पनि हलमै परिणाम कुरिरहेका छन्।

५ बजे नै परिणामबारे जानकारी गराइने भनिए पनि एक घण्टा पछि सर्ने जनाउ दिइयो। सोबीचमा उपमहासचिव प्रदीप ज्ञवालीले १७ बुँदे घोषणापत्रबारे जानकारी गराए। लगत्तै वरिष्ठ उपाध्यक्ष पोखरेलले मन्तव्य समेत दिए। कार्यकर्ता भुलाउने उनको मन्तव्यमा गसट अन्त्य गरेर पार्टीलाई एकढिक्का बनाइएको र सोही अनुसार अघि बढ्ने बताए।

पोखरेलको मन्तवय सकिएपछि हलमा सांगीतिक माहोल सुरु भयो।

प्राविधिकले गीत बजाए २०७४ को चुनावताका चर्चित रहेको बद्री पंगेनीको ‘सै पनि एमाले, मै पनि एमाले’।

मत परिणाम नआएपछि कुरिरहेका नेता कार्यकर्तालाई प्राविधिकले दोहोर्‍याइ-दोहोर्‍याइ पंगेनीको गीत सुनाए।

लगातार एउटै गीत बजेपछि वरिष्ठ उपाध्यक्ष पोखरेलले अरु गीत पनि लगाउन आग्रह गरे। एमालेले गरेका विकास सम्बन्धी कामका गीत र अन्य क्रान्तिकारी गीत लगाउन उनले आग्रह गरे।

प्राविधिकलाई उनले भने, ‘एकोहोरो त्योमात्र नबजाउनुस न’

पोखरेलको आग्रपछि फ्लोरबाट पनि सोही माग आयो। मञ्चमा पुगेर  राइझुमा भाकामा केलालीकी प्रतिनिधि सन्तोष शर्माले गीत गाइन्।

शर्माको गीतपछि एक भिडियो प्रस्तुत भयो। सोपछि ६ः३० बजे निर्वाचन आयोग प्रमुख डा. विजय सुब्बा मत परिणाम लिएर हलमा प्रवेश गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell