PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

पदमा नबस्ने घोषणा गरेका रावल केन्द्रीय सदस्यमा विजयी, ओलीको प्रस्तावित सूची बाहेकका सबै हारे



पहिलोपोस्ट

पदमा नबस्ने घोषणा गरेका रावल केन्द्रीय सदस्यमा विजयी, ओलीको प्रस्तावित सूची बाहेकका सबै हारे

काठमाडौँः आफूले उम्मेदवारी नदिएकाले केन्द्रीय सदस्यमा नबस्ने घोषणा गरेको नेकपा (एमाले) नेता भीम रावल केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। एमाले केन्द्रीय निर्वाचन आयोग प्रमुख डा. विजय सुब्बाले रावल विजयी भएको बताए। 

रावलले केन्द्रीय सदस्यको शपथ पनि अस्वीकार गरेका छन्। 

सुब्बाले रावलले आफूले उम्मेद्वारी नदिएको जानकारी हलमा सुनाउँदै पदाधिकारीमा उठेका सबै स्वतः केन्द्रीय सदस्य हुने प्रचलन अनुसार उम्मेद्वार कायम गरिएको बताए। 

सुब्बाले भने, ‘उहाँले आफ्नो उम्मेद्वारी नरहेको जानकारी हामीलाई पनि गराउनुभएको छ। तर, यसअघिको हाम्रो अभ्यास पदाधिकारीमा उठ्ने सबै केन्द्रीय सदस्यका स्वतः उम्मेद्वार हुने व्यवस्था अनुसार उम्मेद्वारी कायम राखिएको हो।’

सार्वजनिक मत परिणाम अनुसार पदाधिकारीमा ओलीको प्रस्तावित सूची बाहेकका सबै पराजित भए। उपाध्यक्षमा घनश्याम भुसाल, सचिवमा भीम आचार्य र टंक कार्की पराजित भए। कार्की केनद्रीय सदस्यमा पनि पराजित भए।

उपाध्यक्षमा पराजित घनश्याम भुसाल पनि केन्द्रीय सदस्यमा विजयी भए। 

यस्तै, केन्द्रीय सदस्यहरुमा पनि ओलीको प्रस्तावित सूची बाहेकका कोही पनि उम्मेदवार विजयी भएनन्। 

सूचीभन्दा बाहिरबाट उम्मेद्वारी दिएका समावेशीका जयप्रकाश चौधरी, नरबहादुर विक पराजित भए। यस्तै भूगोलकै प्रदेश १ का भाष्कर काफ्ले पराजित भए। महिलाबाट मीना खनाल प्रदेश १ बाट पराजित भइन्। 

यस्तै भूगोलकै सुदूरपश्चिम प्रदेशका भूगोलतर्फका भरत साउद, पशुपति कुँवर र मञ्जु मलासी पराजित भए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell